AFC/FIFA आगामी फिफा विश्वकप पुरानै ढाँचामा ४८ टोलीको सहभागिता पक्का
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने सन् २०२६ को फिफा विश्वकप टिम संख्या बृद्धि गरी पुरानै ढाँचामा आयोजना हुने भएको छ । यसअघि ३२ टोलीहरुले सहभागिता जनाउँदै आएकोमा आगामी संस्करणदेखि ४८ टोलीहरुले सहभागिता जनाउने पनि पक्का भएको छ ।

टिम संख्या बृद्धि भएपछि फिफाले १६ समूह बनाएर प्रतिस्पर्धा गराउने योजना पनि बनाएको थियो । तर रुवाण्डामा भएको फिफा कँग्रेसमा आगामी संस्करणको फिफा विश्वकप टिम बढी भए पनि पुरानै ढाँचामा आयोजना गरिने निर्णँय भएको हो ।

यसअघिका संस्करणहरुमा चार टिम कै समूह प्रभावकारी देखिए पछि आगामी संस्करणमा चार टिम कै १२ समूह बनाउने निर्णय भएको हो ।

यो निर्णयसँगै सन् २०२६ को फिफा विश्वकपमा प्रत्येक समूहबाट शिर्ष दुई टोली र तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट ८ टोली गरी कुल ३२ टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । साथै प्रतियोगिता भरि कुल १०४ खेलहरु हुनेछन् ।

स्मरण रहोस, सनु २०२६ को फिफा विश्वकप जुन ११ देखि जुलाई १९ तारीखसम्म अमेरिका, मेक्सिको र क्यानढाका १९ फरक खेलस्थलहरुमा हुनेछन् ।

Post Comments