AFC/FIFA जियानी लगातार दोस्रो कार्यकालका लागि फिफा अध्यक्षमा निर्वाचित
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष जस्तो गरिमामय पदमा वर्तमान अध्यक्ष जियानी इन्फान्टिनो लगातार दोस्रो कार्यकालको लागि पूनः निर्वाचित भएका छन् । फिफाको उनी नवौं अध्यक्ष समेत हुन् ।

रुवाण्डामा सम्पन्न ७३औं फिफा कँग्रेसबाट जियानीले विश्व फुटबलको नेतृत्व स्म्हाल्ने जिम्मा फेरि पाएका हुन् । सन् २०१६ मा पहिलोपटक फिफा अध्यक्षमा निर्वाचित भएका ५२ वर्षिय जियानी हाल फिफा सदस्य राष्ट्रहरुबीच लोकप्रिय पनि छन् ।

आफू अध्यक्ष पदमा पूनः निर्वाचित भएपछि उनलाई सबैलाई धन्यवाद दिएका छन् । सबैको साथ, सहयोग र समर्थन कै कारण आफूले यो पदमा निरन्तरता पाएको बताउँदै फुटबल विकासमा अझै सक्दो काम गर्ने पनि उनले बताएका छन् ।

Post Comments