AFC/FIFA फिफा वरियतामा नेपालको स्थान सुधार
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकाल्ने महिला फुटबलको विश्व वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १००औं स्थानमा पुगेको छ । यसअघि १०३ स्थानमा रहेको नेपालले तीन स्थान सुधार गर्दै १००औं स्थानमा पुगेको हो ।

स्मरण रहोस, नेपालले हालै आफूभन्दा माल्लिो वरियताको भारतसँग उसकै घरेलु मैदानमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेलेको थियो । जसमा पहिलो खेलमा २–२ र दोस्रो खेलमा गोलरहित खेल्दै नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । सोही प्रदर्शनका आधारमा पनि नेपालको वरियतामा सुधार आएको हो ।

विश्व वरियतामा भारत भने ६१औं स्थानमा छ । त्यस्तै एसियाली राष्ट्रहरुमा भने नेपालको स्थान २०औं स्थानमा छ । एसियाली राष्ट्रहरुमध्ये शिर्ष स्थानमा भने फिफा वरियताको १०औं स्थानमा रहेको अष्ट्रेलिया छ ।

त्यस्तै विश्व वरियताको शिर्ष स्थानमा अमेरिका छ । जर्मनी दोस्रो स्थानमा रहँदा, स्वीडेन तेस्रो स्थानमा छ ।

Post Comments