News
सन्तोषले भुटानको शिर्ष लिग खेल्ने
काठमाडौं । नेपालका उदाउँदा मिडफिल्डर सन्तोष खत्रीले भुटानको शिर्ष फुटबल लिग बब भुटान प्रीमियर लिग खेल्ने पक्का भएको छ ।
सन्तोषलाई हाल भुटानको शिर्ष लिग खेलिरहेको ट्रान्सपोर्ट युनाइटेडले यस सिजनका लागि अनुवन्ध गरेको छ । क्लबले सन्तोषको अनुवन्धबारे आफ्नो सामाजिक सञ्जालमार्फत समेत घोषणा गरिसकेको छ ।
हाल ५ खेलबाट १२ अंक जोडेको ट्रान्सपोर्ट लिगतालिकाको तेस्रो स्थानमा छन । शिर्ष स्थानमा भने १५ अंकका साथ पारो एफसी रहेको छ ।
स्मरण रहोस, सन्तोषले नेपाल मै रहँदा गत सिजन ललितपुर सिटी फुटबल क्लबबाट खेल्दै नेपाल सुपर लिगको उपाधी समेत जितेका थिए ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल