AFC/FIFA अल–दुहेल बन्यो कतार च्याम्पियन, दुई साता पछि नै नयाँ सिजन शुरु हुँदै
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अल–दुहेलले कतारको शिर्ष फुटबल लिग कतार स्टार्स लिगको उपाधि सातौंपटक जित्न सफल भएको छ । दोस्रो स्थानमा रहेको अल–रयनमाथि एक अंकको झिनो अन्तरले अग्रता बनाउँदै अल–दुहेलले लिग उपाधि जितेको हो ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण अबेर सम्पन्न भएको सिजन २०१९–२० को लिगतालिकामा कुल ५२ अंक जोड्दै बिजेता बनेको अल–दुहेल शिर्ष स्थानमा छ । त्यस्तै दोस्रो स्थानको अल–रयनको ५१ अंक छ । त्यस्तै तेस्रो स्थानमा सफलतम क्लब तथा स्पेनीस लिजेण्ड जाभीको टोली अल–साद रहेको छ ।

दुई साता लगतै नयाँ सिजन शुरु

कतार स्टार्स लिगको सिजन २०१९–२० यहि अगस्त २१ तारीखका दिन सम्पन्न भएको छ । यद्यपि लिग सम्पन्न भएको र अल–दुहेलले लिग जितेको दुई साता लगतै नयाँ सिजन २०२०–२१ शुरु हुने पक्का भएको छ ।

नयाँ लिगतालिका अनुसार अल–दुहेलले सेप्टेमबर ३ तारीखका दिन उम सलाल विरुद्ध खेल्दै नयाँ सिजनको शुरुवात गर्नेछ । त्यस्तै दोस्रो स्थानमा रहेर लिग समापन गरेको अल–रयनले अल सैलियाको सामना गर्नेछ ।

कतार स्टार्स लिगको आयोजकले पहिलो चरणतर्फ तीन साताका लागि हुने गरि अवस्था हेरेर लिगको खेलतालिका र समय प्रकाशित गरिसकेको छ । साथै बाँकी खेलतालिकाहरु पछि प्रकाशन गर्ने पनि आयोजकले जनाएको छ ।

 

Post Comments