एएफसी यु–२० एसियन कप छनौटः अन्तिम खेलमा बहराईनसँग पनि नेपाल निराश
गोलनेपाल

काठमाडौं । एएफसी यु–२० एसियन कप छनौटतर्फ नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा पनि पराजय बेहोरेको छ । समूह बी मा रहेको नेपालले शुक्रबार आफ्नो अन्तिम खेलमा बहराईनसाग् ४–० ले पराजित हुन पुगेको हो ।

यो हारसँगै नेपाल छनौट प्रतियोगिताको समूह चरणबाटै आधिकारिक रुपमा बाहिरिएको छ । आफ्नो चार खेलबाट नेपालले ३ अंक मात्र जोड्दै समूह बी को तेस्रो स्थानमा रहेर प्रतियोगिताको समापन गर्यो । नेपालले खेलेको तीन खेल मध्ये आयोजक चाइनिज ताइपेई विरुद्ध मात्र ३–१ को जित निकालेको थियो ।

त्यसबाहेक आफ्नो पहिलो खेलमा कम्बोडियासँग ४–१ र बलियो उज्वेकिस्तानसँग ६–० ले पराजित भएको थियो । यो जितपछि ३ खेलबाट बहराईनको ६ अंक छ र समूहको तेस्रो स्थानमा छ । साथै फाइनल चरणमा प्रवेश गर्ने बहराईनको सम्भावना कायम छ ।

उता एक खेल कम खेलेका उज्वेकिस्तान र कम्बोडिया समान ६–६ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् । समूह बी तर्फको अन्तिम खेलहरुमा बहराईनले आइतबार उज्वेकिस्तानको सामना गर्नेछ भने सोही दिन कम्बोडियाले ताइपेईसँग खेल्नेछ ।

त्यस्तै आजै हुने अर्को खेलमा उज्वेकिस्तान र चाइनिज ताइपेई भिड्दै छन् । यो खेलमा जित हात पारे उज्वेकिस्तानको फाइनल चरणमा छनौट हुने सम्भावना थप बलियो बन्नेछ ।

Post Comments