
काठमाडौं । चाइनिज ताइपेईमा जारी एएफसी यु–२० एसियन कप छनौटतर्फ नेपालले समूह चरणको आफ्नो तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ । छनौट प्रतियोगिता अन्तर्गत समूह बी मा रहेको नेपालले बुधबार बलियो उज्वेकिस्तानसँग ६–० को हार बेहोरेको हो ।
खेलको शुरुवातबाटै दश खेलाडीमा खुम्चिन पुगेको नेपाल त्यसपछि खेलमा फर्कन सकेन । खेलको २०औं मिनटमा बक्सभित्र सबिन घिमिरेले ह्याण्डबल गर्दा उनले सोझै रातो कार्ड खाएका थिए भने उज्वेकिस्तानले पेनाल्टीको अवसर पाएको थियो । यद्यपि नेपालका कप्तान तथा गोलरक्षक जियारथ शेखले उज्वेकिस्तानको त्यो प्रहार सुन्दर रुपमा जोगाएका थिए ।
तर पनि नेपाल खेल अवधिभर दबाबमा रहन पुग्यो । उज्वेकिस्तानले पहिलो हाफमा तीन र दोस्रो हाफमा थप तीन गोल गर्दै निरीह नेपालमाथि सहज जित दर्ता गर्यो । यो हारसँगै नेपालको समूह चरणबाटै चुनौति लगभग समाप्त भएको छ । समूह चरण अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले शुक्रबार अर्को बलियो टोली बहराईनको सामना गर्नेछ ।
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने