AFC/FIFA
इण्डोनेसियालाई १४ वर्षपछि उपाधि
काठमाडौं । पूर्वी एसियाका देशहरु सम्मिलित एसियान फुटसल च्याम्पियनसिपको उपाधि इण्डोनेसियाले जितेको छ । इण्डोनेसियाले यो उपाधि १४ वर्षपछि जितेको हो । यसअघि इण्डोनेसियाले अन्तिमपटक सन् २०१० मा यो उपाधि जितेको थियो ।
थाइल्याण्डको नाखोन राचासिमा प्रान्त स्थित टर्मिनल हलको फुटसल कोर्टमा भएको उपाधि भिडन्तमा इण्डोनेसियाले भियतनामलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधिमाथि एतिहासिक कब्जा जमाएको हो ।
त्यस्तै तेस्रो स्थानका लागि भएको खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन थाइल्याण्डले अष्ट्रेलियालाई ४–० ले हरायो । त्यसअघि सेमिफाइनलमा थाइल्याण्डले इण्डोनेसियासँग ५–१ को हार बेहोरेको थियो भने अष्ट्रेलियाले भियतनामसँग ५–४ को हार बेहोरेको थियो ।
(Photo: AFC)
Post Comments
Related News