AFC/FIFA फिफा वरियतामा नेपालको स्थान सुधार
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको ताजा वरियतामा नेपालले आफ्नो वरियतामा सुधार गरेको छ । फिफाले नोभेम्बर महिनाका लागि निकालेको ताजा वरियतामा एक स्थान सुधार गर्दै १७५औं स्थानमा उक्लिएको हो ।

दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थानमा कायम छ । त्यस्तै दुई स्थान तल झर्दै १२७औं स्थानमा पुगेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा छ । १६२औं स्थानमा माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ ।

त्यस्तै १८२औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ चौथो स्थानमा छ । १८५औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ पाँचौं स्थानमा रहँदा १९८औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ छैठौं स्थानमा छ । त्यसैगरी तीन स्थान सुधार गरेको श्रीलंका २००औं स्थानमा उक्लेको छ र दक्षिण एसियातर्फ सातौं स्थानमा कायम छ ।

अर्जेन्टिनाको शिर्षता कायमै

त्यस्तै विश्व वरियताको शिर्ष स्थानमा विश्व च्याम्पियन अर्जेन्टिना यथावत छ । दोस्रो स्थानमा फ्रान्स छ भने तेस्रो स्थानमा स्पेन रहेको छ ।

त्यसैगरी विश्व वरियताको १५औं स्थानमा रहेको जापान एसियातर्फ शिर्ष स्थानमा छ । १८औं स्थानमा रहेको इरान एसियातर्फ दोस्रो स्थानमा रहँदा २३औं स्थानमा रहेको दक्षिण कोरिया एसियातर्फ तेस्रो स्थानमा छ ।

Post Comments