
इलाम । आयोजक ओएसिस क्लब आजदेखि इलाममा सुरु भएको दोस्रो करेन्ट अन्तर्राष्ट्रिय महिला गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
इलामको ठूलो टुँडिखेलमा भएको उद्घाटन खेलमा पाहुना टोली पद्मा स्पोर्टस क्लब ओखलढुंगामाथि २-० गोलअन्तरका नतिजा निकालेर आयोजकले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
इलामका लागि वर्षा ओली र प्रियंका मगरले गोल गरेकी हुन् । युगान्डाको अन्तर्राष्ट्रिय दुई महिला खेलाडीसहित मैदान उत्रिएको ओखलढुंगाको टिमलाई पराजित गर्न पहिलो हाफमै इलामले दुई गोल गरेको हो ।
खेलको ३०औँ मिनेटमा इलामकी वर्षा ओलीले गोल गर्दै अग्रता दिलाएकी थिइन् । त्यस्तै, पहिलो हाफकै इन्जुरी समयमा पाएको फ्रिकिकमार्फत् प्रियंका मगरले सम्झनलायक गोल गरेकी हुन् ।
खेलको प्लेयर अफ दी म्याच इलामकी वर्षा ओली भइन् । उनलाई संघीय सांसद सुहाङ नेम्बाङले नगद ५ हजार र ट्रफी प्रदान गरे । भोलि (आइतबार) नेपाल पुलिस क्लब काठमाडौँले भारतको मानेभञ्ज्याङ एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
ओएसिस क्लब इलामले आयोजना गरेको प्रतियोगितामा भारतका दुई टिम, विभागीय तीन टिम तथा इलाम, ओखलढुंगा र सर्लाहीको टिम सहभागी छन् ।
फागुन २४ गते हुने फाइनल खेलको विजेताले नगद ४ लाखसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २ लाख र ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।
- स्व. भिम बहादुर खड्का स्मृति पाँचौं न्यु राईज कप शुरु, टिकुलीगढको विजयी शुरुवात
- कपिलवस्तु सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा, उपाधिका लागि अभिषेक चर्चसँग भिड्ने
- अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा
- २३औं तिलोत्तमा गोल्डकपको मिति तय, विजेताले १२ लाख पाउने
- कपिलवस्तु–११ सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा