बाक्सिलालाई उपाधी
गोलनेपाल

दिक्तेल । छैटौ सुचन स्मृती केएफए दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको उपाधी बाक्सिला फुटबल क्लबले जितेको छ !

फाइनलमा बाक्सिलाले नुनथला फुटबल क्लबलाई ६-० को फराकिलो अन्तरले हराउँदै उपाधी उचाल्न सफल भएको हो ।

उक्त खेलमा म्यान अफ द म्याच बिजेता टोलिका जर्सी न १४ का सुजन माझी बनेका छ्न र उनले व्यक्तिगत ४ गोल समेत गरेका थिए ।

बिजेता बनेको बाक्सिलाले उपाधी सहित नगद २ लाख हात पार्यो भने उपविजेता नुनथलाले १ लाख सहित ट्रफी, मेडलमा चित्त बुझायो ।

व्यक्तिगत बिधातर्फ उत्कृष्ट खेलाडी पदम भट्टराई बन्दा उत्कृष्ट गोलरक्षक बिवस चौधरी चुनिए । उत्कृष्ट कोच सनम राई (जोजो) चुनिदा सर्वाधिक गोलकर्ताको पुरस्कार सुजन माझीले हात पारे । त्यस्तै राइजिङ प्लेयर भने आयोजक केएफएका प्रतीक खड्का घोषित भए ।

Post Comments