News
पहिलो साफ महिला क्लब च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं । दक्षिण एसियाली महिला फुटबलमा बहुप्रतिक्षित कार्यक्रमका रुपमा हेरिएको साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण नेपालमा हुने भएको छ ।
शनिबार काठमाडौंमा बसेको साफ कमिटीको बैठकले साफ महिला क्लब च्याम्पियनसिप यसै वर्षको नोभेम्बर महिनामा नेपाल मै गर्ने निर्णय गरेको हो ।
प्रतियोगितामा दक्षिण एसियाका शिर्ष महिला फुटबल क्लबहरुले सहभागिता जनाउने छन् । स्मरण रहोस, साफले यसअघि नै दक्षिण एसियाली स्तरको साफ क्लब च्याम्पियनसिप आयोजना गर्ने योजना बनाएको थियो ।
महिला साफ क्लब च्याम्पियनसिप हुने तय भएसँगै सम्भवत पुरुषहरुको पनि साफ क्लब च्याम्पियनसिप हुने सम्भावना बलियो बनेको छ ।
Post Comments