
हेटौंडा । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा जारी पाँचौ हेटौडा मेयर कप फुटबल प्रतियोगिताको छैठौं दिनको खेलमा जित निकाल्दै वडा न १ र वडा नं १८ क्वाटरफाईनलमा प्रबेश गरेका छन ।
शनिबार भएको पहिलो खेलमा वडा न १ ले वडा न ६ लाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेको हो । खेलको निर्धारित समय सम्म दुबै टोली बिच कुनैपनि गोल हुन नसकेपछी खेलको निर्णय लिनको लागी पेनाल्टीको सहारा लिनु परेको हो । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पेनाल्टीमा नायक बनेका वडा नं १ का गोलकिपर युगेन लामा पहिलो खेलको म्यान अफ द म्याच भए त्यस बापतमा नगद दुई हजारसहित ट्रफि प्राप्त गरे ।
त्यसैगरी शनिबार नै भएको दोस्रो खेलमा वडा न १८ ले वडा नं १७ लाई एक शुन्य गोल अन्तरले पराजित गरेको छ । खेलमा वडा नं १८ का राजेश पाण्डेले खेलको पहिलो हाफमा पाएको पेनाल्टीको सदुपयोग गर्दै गोलमा परिणत गरेका थिए उक्त गोल नै निर्णायक बन्न पुग्यो र खेलमा वडा नं १८ बिजयी हुन पुग्यो । खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका वडा न १८ का साजन लोप्चन खेलको म्यान अफ द म्याच भए त्यस बापतमा नगद दुई हजारसहित ट्रफि प्राप्त गरे ।