ANFA
बुट्टाबारी युनाइटेड सेमिफाइनलमा

जलथल (झापा) । बिर्तामोडको बुट्टाबारी युनाइटेड एफसी यहाँ जारी दोस्रो हल्दिबारी गाउँपालिका मिनी कप फुटबल प्रतियोगिताको सेमिफानइलमा प्रवेश गरेको छ ।
हल्दिबारी ५ जलथलस्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा आयोजक जलथल फुटबल क्लबलाई १-० गोलको झिनो अन्तरले पराजित गर्दै बुट्टाबारी अन्तिम चारमा पुगेको हो ।
बुट्टाबारीको जितका लागि विजय राईले गरेको गोल नै निर्णायक बन्यो । उनी खेलको प्लेयर अफ दी म्याच बन्दै नगद २ हजार पाउन सफल भए ।
बुट्टाबारी सेमिफाइनल पुग्ने तेस्रो टोली हो । यसअघि भाउने युथ क्लब र न्यू स्टार क्लब सेमिफाइनल प्रवेश गरिसकेका छन् । भोलि मंगलबार दमकका चात्या सा. फुटबल क्लब दमक र बगान युथ क्लब कचनकवलबीच खेल हुनेछ ।
जलथल फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल जेठ २४ गते हुनेछ । च्याम्पियन बन्ने टोलीले नगद १ लाख १ हजार १११ र उपविजेताले नगद ५१ हजारमा चित्त बुझाउनु पर्नेछ ।
Post Comments