ANFA
तेस्रो हेम नारायण गोल्डकप शुरु, चत्यासाको विजयी शुरुवात

सिरहा । तेस्रो हेम नारायण गोल्डकप फुटबल प्रतियोगिताको आज भएको उद्घाटन खेलमा चत्यासा फुटबल क्लब दमक सेमिफाइनल प्रवेश गरेको छ । आज सिरहा नगरपालिका स्थित सिरहा क्याम्पसको खेल मैदानमा भएको खेलमा झापाले बिरगंज युनाइटेड पर्सालाई २:० ले हराउदै सेमिफाइनल प्रवेश गर्यो ।
चत्यासाको लागि दुबै गोल आशिष् चापागाईंले गरे खेलको player अफ म्याच पनि आशिष चापागाईं भए । भोलिको दोस्रो क्वाटर फाइनल खेल गोल बजार स्पोर्ट्स क्लब भर्सेस गोल्डेन स्टार भलुवा सुनसरिको बिचमा हुनेछ ।
प्रतियोगिताको बिजेताले नगत २ लाख टर्फी मेडल प्रमाणपत्र र उपबिजेताले नगत १ लाख टर्फी मेडल प्रमाणपत्र प्राप्त गर्नेछ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अथिती प्रतिनिधि सभा सदस्य लिलानाथ श्रेष्ठ लगायतले गरेका थिए ।
Post Comments