
भरतपुर । सूर्यपुर एफसी चौथो पेन्गुईन भरतपुर २४ गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (मंगलबार) सम्पन्न पहिलो चरणको अन्तिम खेलमा मकवानपुर ११ लाई हराउँदै सूर्यपुरले सेमिफाइलमा स्थान बनाएको हो ।
सिद्धार्थ माविको मैदानमा भएको खेलमा सूर्यपुरलाई जिताउन पासाङ लामा र राम थापाले गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको पहिलो मिनेटमा नै लक्षु थापाको सेटअपमा पासाङले गोल गर्दै सूर्यपुरलाई अग्रता दिलाए ।
खेलको अन्तिम मिनेटमा रामले गोल गर्दै सूर्यपुरको जित निश्चित गरे । उनले चन्दन दासको सेटअपमा सुन्दर गोल गरेपछि सूर्यपुर २-० ले विजयी भयो । सूर्यपुरका पासाङ प्लेयर अफ दि म्याच भए । सूर्यपुरले अब फाइनल प्रवेशका लागि २९ गते दोस्रो सेमिफाइनलमा जनशक्ति युवा क्लब नवलपरासीको सामना गर्नेछ । जनशक्ति यस अघि नै साविक विजेता स्टार स्पोर्टस क्लब माडीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
त्यसअघि प्रतियोगितामा बुधवार पहिलो सेमिफाइनल खेल हुनेछ । जसमा हानामी भरतपुर फुटबल क्लब बिएफसी र प्याराडाइज युथ क्लब रत्ननगर भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । बिएफसी भरतपुर २४ खेलकुद बिकास समिति तथा प्याराडाइज रामपुर एफसीलाई हराउँदै सेमिफाइनल पुगेका हुन् ।
- ताप्लेजुङ गोल्डकपलाई फुङलिङ नगरपालिकाको सात लाख सहयोग
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधि सिसास खोक्लिङलाई
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधिका लागि सिसास खोक्लिङ र ढुंगेसाघु भिड्ने
- ताप्लेजुङ: प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनल समिकरण पूरा
- सिसास खोक्लिङ प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनलमा