वाल्मीकी दोस्रो भरतपुर मेयर कपको फाइनलमा
गोलनेपाल

चितवन । वाल्मीकी शिक्षा सदन दोस्रो भरतपुर मेयर कपको फाइनलमा प्रवेश गरेको छ । आज (शुक्रबार) सम्पन्न रोमाञ्चक दोस्रो सेमिफाइनलमा जनज्योति माविलाई हराउँदै वाल्मीकिले फाइनलमा स्थान बनाएको हो ।

भरतपुर ७ कृष्णपुरमा भएको खेलमा वाल्मीकि सडन डेथमा विजयी भयो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । रोमाञ्चक टाइब्रेकरमा २-२ को बराबरी भयो ।

जनज्योतिको सुरुवाती दुई प्रहार बाहिरिएको थियो । वाल्मीकि सुरुवाती दुबैमा गोल गर्दै २-० को अग्रता लिन सफल भएको थियो । तर त्यसपछि जनज्योतिले कमब्याक गर्यो । जनज्योतिले तेस्रो र चौथोमा गोल गर्दा वाल्मीकिको तेस्रो र चौथो बाहिरियो । वाल्मीकिको पाँचौ प्रहार पनि बाहिरिएको थियो ।

जनज्योतिको पनि पाँचौ प्रहार बाहिरिएपछि खेल सडन डेथमा धकेलियो । दोस्रो सडन डेथमा खेलमा नतिजा निस्कियो । जसमा वाल्मीकि विजयी भयो । वाल्मीकिका गोलकिपर विराज जमरकट्टेल प्लेयर अफ दि म्याच भए ।

Post Comments