ANFA बिराटनगरलाई स्तब्ध पार्दै डिएफसी सेमिफाइनलमा
गोपाल काफ्ले

पथरी । मोरङको पथरी शनिश्चरेमा जारी पाँचौं रिफ्युजी च्यालेन्ज कपमा बिराटनगर फुट्बल क्लवलाई सडन डेथ हराउदै दुधे फुट्बल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।

भुटानी शरणार्थी शिविरको रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समयतर्फ दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । त्यसपछि खेलको निर्णय टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि सडन डेथ मार्फत दुधेले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

यसअघि निर्धारित समयतर्फ खेलको ४३औँ मिनेटमा आशिस चौधरीको गोलबाट बिराटनगरले खेलमा अग्रता लिएको थियो । यद्यपि शुरुवाती अग्रता कायम राख्न नसक्दा बिराटनगरले दुधेलाई नतिजा सुम्पन बाध्य भयो । उता खेलको ६६औँ मिनटमा दुधेका सनम राईले गोल गदै खेल बराबरीमा ल्याएका थिए ।



त्यस पछि खेलमा कुनै गोल हुन नकसेपछि खेल टाइब्रेकर हुदै सडन डेथमा पुगेको थियो । सडन डेथमा बिराटनरका अशोक खवासको प्रहार दुधेका गोलरक्षक सन्दिप लिम्बुले बचाए । साथै गोलरक्षक लिम्बुले सडन डेथमा गोल गर्दै जित दुधेको पक्षमा पार्न सफल भए ।

शनिबारको खेलको म्यान अफ दि म्याच दुधेका सनम राई घोषित भए । उनले पुरस्कार वापत नगद २५ सय प्राप्त गरे । प्रतियोगिता अन्तरगत माघ ११ गते आइतबारको खेल आयोजक युथ फ्रेन्डरी सेन्टर (ए) र टेन नवोदय फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

युथ फ्रेन्डर सेन्टरको आयोजनामा भईरहेको प्रतियोगीताको बिजेताले उपाधिसहित नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल आउँदो माघ १५ गतेका दिन हुनेछ ।

 

Post Comments
Advertisement Yamaha Nepal