पक्लिहवा । संघर्षपूर्ण जित निकाल्दै भैरव स्पोर्टस क्लब, नवलपरासी रुपन्देहीमा जारी ३१औं माछापुच्छ्रे कपको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
शनिबार सम्पन्न चौथो तथा अन्तिम क्वाटरफाइनलमा तुलनात्मक रुपमा अनुभवी भैरवले युवाहरु सम्मिलित समपुर्ण युवा क्लब, सुपौलीलाई टाईब्रेकरमा ३–२ ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा भैरवले नतिजा आफ्नो पक्षमा पार्यो । खेलमा भैरवका कप्तान विज्ञान गुरुङ म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत जेठ १० गते आइतबारको पहिलो सेमिफाइनल खेल मोन्स्टर गाईज, सुनवल र योङ ब्वाईज एफसी, देवदहबीच हुने खेल संयोजक रोहित थापाले जानकारी दिए ।
माछापुच्छ्रे फुटबल क्लब, सिद्धार्थनगर–२, झण्डीबजार, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख ५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १२ गतेका दिन हुनेछ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान