News नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान
गोलनेपाल

काठमाडौं । एएफसी एसियन कप छनौटतर्फ समूह चरणको अन्तिम खेल खेल्न नेपाली राष्ट्रिय पुरुष फुटबल टोली शनिबार लाओसतर्फ प्रस्थान गरेको छ ।

छनौट प्रतियोगिता अन्तर्गत समूह एफमा रहेको नेपालले यही चैत्र १७ गते (३१ मार्च) का दिन लाओससँग उसकै घरेलु मैदानमा खेल्ने कार्यक्रम छ । स्मरण रहोस, गत वर्षको जुन १० तारीखका दिन भएको पहिलो लेगको खेलमा नेपालले लाओससँग २–१ को हार बेहोरेको थियो ।

समूह एफमा ५ खेलबाट १५ अंक जोडेको भियतनाम शिर्ष स्थानमा छ र एसियन कपका लागि छनौट भईसकेको छ । त्यस्तै ९ अंक जोडेको मलेसिया र समान ३–३ अंक जोडेको लाओस र नेपाल भने समूह चरणबाटै बाहिरिसकेका छन् ।

त्यसैगरी ३१ मार्च कै दिन भियतनामले मलेसियासँग अन्तिम खेल खेल्दैछ । जुन खेल भियतनाम कै घरेलु मैदानमा हुँदैछ ।

 

 

Post Comments