काठमाडौं । नेपाल सरकारले खेलकुदतर्फ आगामी आर्थिक वर्षका लागि ४ अर्ब बढीको बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खेलकुदतर्फ ४ अर्ब ३ करोड बजेट छुट्याइएको जानकारी गराए ।
शुक्रबार घोषणा गरिएको बजेट कार्यक्रममा खेलकुद बजेटतर्फ फुटबलका आठ हजार दर्शक क्षमता भएका मैदानहरुमा १० वटा फ्लड लाईट जडान गर्ने समेत बताइएको छ ।
त्यस्तै तीन वर्ष भित्र बुटवल, लहान, बिराटनगर, धनगढी, सुर्खेत र पोखरामा दुई हजार क्षमताको इन्डोर कभर्डहल बनाउने घोषणा समेत गरेको छ ।
त्यसैगरी देशका प्रमुख आठ शहरहरुमा पाँच वर्षभित्र अत्याधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा समेत गरेको छ ।
त्यस्तै कर्णाली प्रदेशमा हुने दशौं र मधेश प्रदेशमा हुने ११औं राष्ट्रिय खेलकुदका लागि पनि सरकारले बजेट छुट्याएको छ ।
त्यस्ते विद्यार्थीहरुलाई विद्यालयस्तरमै खेलकुदको आवश्यक तालिम दिने, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई आजिवन निःशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा समेत गरेको छ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान