ANFA रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
सुरज राना मगर

पिपरीचापा । गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन–५, पिपरीचापाको आयोजनामा बिहीबारदेखि तेस्रो गौतम बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिताको शुरु भएको छ ।

उद्घाटन खेलमा फर्साटिकर युवा क्लबद्वारा न्यु सृजनशील एफसी टाईब्रेकरमा ४–२ ले पराजित । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ फर्साटिकरका लागि दुवै गोल बलराम न्यौपानेले गरे भने न्यु सृजनशीलका लागि अभिषेक महतो र दिपेन ठकुरीले गोल गरेका थिए । खेलमा फर्साटिकरका कप्तान तथा गोलरक्षक शुभांकर जिसी प्लेयर अफ द म्याच चुनिए ।

आयोजक संस्थाकी सह–सचिव श्रृजना सुस्लिङको स्वागत मन्तव्यबाट शुरु उद्घाटन कार्यक्रमको सञ्चालन गोविन्द आचार्यले गरेका थिए । त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी इलाका प्रहरी कार्यालय, रुद्रपुरका प्रहरी निरीक्षक प्रशान्त तामाङ तथा आयोजक संस्थाका अध्यक्ष कमल परियारले संयुक्त रुपमा गरेका थिए ।

महिलाहरुको महान चाड हरितालिका (तीज) को अवसर पारी आयोजक प्रतियोगिता आउँदो भाद्र २९ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७२,२२२ रुपैयाँ प्राप्त गर्ने खेल संयोजक रोशन पुनले जानकारी दिए ।

Post Comments