संक्रान्ति बजार । संखुवासभाको नव सिर्जन प्रगतिशील युवा क्लब तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारमा आयोजित ऐतिहासिक आठराई मदन मेला २०८३ पुरुषतर्फको फुटबलमा च्याम्पियन बनेको छ ।
त्रिमोहन माविको नयाँ खेलमैदानमा आज भएको फाइनल खेलमा साविक विजेता सोधुङ सेन्दाङ एफसीलाई टाइब्रेकरमा हराउँदै संखुवासभाले उपाधि रक्षा गरेको हो । निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
संखुवासभाका इन्द्र लिम्बूले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, सोधुङ सेन्दाङका लागि सविन तामाङले गोल गर्दै खेल बराबरीमा पुर्याएका हुन् । टाइब्रेकरमा भने संखुवासभाले ४-२ गोलअन्तरमा जित निकाल्दै च्याम्पियन बनेको हो ।
संखुवासभाका गोलरक्षक मनोज परियार प्लेयर अफ दी म्याचसँगै उत्कृष्ट गोलरक्षक भए । उनले ४ हजार ५ सय नगद र ट्रफी पाए । यसैगरी, उनको खेल मन पराएर धेरै दर्शकले नगद पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताको बेस्ट प्लेयर संखुवासभाका सन्तोष लिम्बू भए । उनले नगद ५ हजार पाए । सोधुङ सेन्दाङका सुनियोजित लिम्बू बेस्ट डिफेन्स भए भने हाइस्कोरर दिपेश लिम्बू भए । उनीहरूले जनही नगद २ हजार ५ सय र ट्रफी पाए ।
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- पाँचथरको दारिम्बा एफसीलाई मदन मेला महिला फुटबलको उपाधि
- मदन मेलाको फुटबलमा पुरुषतर्फ संखुवासभा र ताप्लेजुङ फाइनलमा
- मदन मेला फुटबलको उपाधिमा महिलातर्फ पाँचथर र म्याङलुङ भिड्ने
- मदन मेला फुटबलमा महिलातर्फ धनकुटा, म्याङलुङ र जनता सेभेन सेमिफाइनलमा