
कपरसुका । कपरसुका च्यालेञ्ज कपमा क्रिएटिभ युवा क्लब, सिजुवाले विजयी शुरुवात गरेको छ । श्री हिमालय आधारभुत विद्यालयमा भएको उद्घाटन खेलमा क्रिएटिभले सिद्धार्थ युवा क्लब, शनिश्चरेलाई पेनाल्टी शुटआउटमा हराउँदै विजयी शुरुवात गरेको हो ।
त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । क्रिएटिभका लागि कप्तान पारस देवानले गोल गरेका थिए भने सिद्धार्थका लागि सन्तोष लिम्बुले गोल गरेका थिए । खेलमा पारस नै म्यान अफ द म्याच घोषित भए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन रतुवामाई नगरपालिकाका नगरप्रमुख रबिन राईले एक कार्यक्रमका बीच गरेका थिए । प्रतियोगिता अन्तरगत कार्तिक ११ गते बिहीबारको खेल बारगाछी फुटबल क्लब र गोल्डेन गोल क्लबबीच हुनेछ भने दोस्रो खेल कल्याणपुर युवा क्लब र त्रिभुवन युवा क्लबबीच हुने आयोजकले जनाएको छ ।
विरानमुनी युवा समाज, रतुवामाई–६ कपरसुकाको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ हजार हात पार्नेछ भने उपविजेताले ९ हजार प्राप्त गर्नेछ । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल कार्तिक १९ गतेका दिन हुनेछ ।
- प्रधानमन्त्री ओली : ‘खेलाडीहरू अब खेल खेलेरै बाँच्न सक्ने स्थिति निर्माण भएको छ’
- नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने