ANFA नर्मल मुस्कानलाई उपाधि
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मकवानपुर कांग्रेसकी नेतृ स्वर्गीय चित्रकुमारी गुरुङको स्मृतिमा हेटौंडा–८ कमानेमा सम्पन्न सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि नर्मल मुस्कान क्लबले हात पारेको छ ।

फाइनलमा नर्मल मुस्कानले कमाने युनाइटेडलाई ३–२ ले हराउँदै उपाधि माथि कब्जा जमाएको हो । विजेता बनेको नर्मल मुस्कानले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता कमाने युनाइटेडले १५ हजारमा चित्त बुझायो ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुर र देव नगर टोल विकास समितिको संयुक्त आयोजनामा मंसिर १ गतेबाट शुरु भएको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

विजयी खेलाडीहरुलाई नेपाली कांग्रेस हेटौंडा ८ नम्बर सभापति भुपेन्द्र कोइराला, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।

 

Post Comments