काठमाडौं (एजेन्सी) । छनौट प्रतियोगितामा शतप्रतिशत नतिजाका साथ प्रतिष्ठित एएफसी महिला एसियन कपका लागि छनौट भएको भारतीय महिला फुटबल टोली नगदसहित पुरस्कृत हुने भएका छन् ।
भारतीय फुटबलको सर्वोच्च निकाय अल इण्डिया फुटबल फेडरेशन (एआइएफएफ) ले राष्ट्रिय महिला फुटबल टोलीलाई एसियन कपमा छनौट भए वापत नगद ५० हजार डलरसहित पुरस्कृत गर्ने घोषणा गरेको हो ।
स्मरण रहोस, छनौट प्रतियोगितातर्फ समूह बी मा रहेको भारतले बलियो आयोजक थाइल्याण्डसहित इराक, टिमोर लिस्टे र मंगोलियालाई हराउँदै समूहको शिर्ष स्थानमा रहेर अर्को वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपका लागि छनौट भएको थियो ।
दक्षिण एसियाबाट भारत बाहेक बंगलादेश पनि पहिलोपटक एएफसी महिला एसियन कपका लागि छनौट भएको छ । नेपाल भने छनौटको संघारमा पुगेर निर्णायक मानिएको खेलमा आयोजक उज्वेकिस्तानसँग पराजित हुँदै समूह चरणबाटै बाहिरिन पुगेको थियो ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल