ANFA प्रशिक्षक थापाको बढुवा
गोलनेपाल

काठमाडौं । नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक अनन्त थापा प्रहरी पेशा मै कार्यरत छन् । विगत लामो समयदेखि पुलिस क्लबको प्रशिक्षकीय जिम्मेवारी हाँकीरहेका थापा प्रहरी वरिष्ठ नायव निरीक्षकमा बढुवा भएका छन् ।

थापाले कुराकानीका क्रममा आफू यो पदमा बढुवा भएको केही पहिले नै भएता पनि आफ्ना सबै शुभचिन्तकहरुलाई यसबारे थाहा नभएको बताए । साथै उनले सबैको माया, शुभेच्छा र साथले आफू निरन्तर अगाडी बढीरहेको पनि बताए ।

पुलिस क्लबकै पूर्व खेलाडी समेत रहेका थापाले जागिरसँगै प्रशिक्षकीय जिम्मेवारी पनि पूरा गर्न आफूलाई सधै खुशी लाग्ने गरेको बताए । नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका थापा एएफसी ए लाइसेन्स फुटबल प्रशिक्षक पनि हुन् ।

Post Comments