ANFA प्रथम माउण्ट स्टार सेभेन ए साईड कप हुँने
सुरज राना मगर

बुटवल । गुड मर्निङ्ग एफसी, बुटवल, रुपन्देहीको आयोजनामा मिति २०८० वैशान ३ गतेदेखि प्रथम माउण्ट स्टार सेभेन ए साईड खुला फुटबल प्रतियोगिता हुने भएको छ । बुटवल–११ स्थित नहरपुर माविको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारीसँगै टिमदर्ता पनि खुला गरिएको प्रचार प्रसार संयोजक प्रकाश मगरले जानकारी दिए ।

इच्छुक क्लबहरुले टिमदर्ता बैशाख १ गतेसम्म गर्न सकिने प्रतियोगिता संयोजक बिनोद गौतम क्षेत्रीले बताए । त्यस्तै टिमदर्ता शुल्क ३५ सय तोकिएको पनि संयोजक क्षेत्रीले जानकारी दिए । माउण्ट स्टार युथ क्लब, बुटवल, रुपन्देहीको विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित नगद पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक बिनोद गौतम क्षेत्रीले जानकारी दिए । साथै प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सम्बन्धित सबैलाई आह्वान समेत गरे ।

Post Comments