ANFA
सहज जितका साथ इन्द्रणी सेमिफाइनलमा

भलुवाचौरी । सहज जितका साथ आयोजक इन्द्रणी क्लब यहाँ जारी प्रथम अमाह सिमसार च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ इन्द्रेणीले रामधुनी फुटबल क्लबलाई शून्यका विरुद्ध ५ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । प्रतियोगिता अन्तरगत असोज ९ गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल बेलटार एफसी र तालतलैया एफसीबीच हुने आयोजकले जानकारी दियो ।
इन्द्रेणी क्लब, बराहक्षेत्र–५, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही असोज १३ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधि सिसास खोक्लिङलाई
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधिका लागि सिसास खोक्लिङ र ढुंगेसाघु भिड्ने
- ताप्लेजुङ: प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनल समिकरण पूरा
- सिसास खोक्लिङ प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनलमा
- ताप्लेजुङको थलङमा प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कप शुरू