ANFA राष्ट्रिय टोलीको बन्द प्रशिक्षण शुरु (नामावलीसहित)
गोलनेपाल

काठमाडौ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण बुधबारदेखि शुरु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले हाल बन्द प्रशिक्षणमा २८ खेलाडीहरु सम्मिलित प्रारम्भिक टोली सहित प्रशिक्षण शुरु गरेका हुन ।

स्मरण रहोस, नेपालले आउँदो मई ६ तारीखका दिन बेलायतको एल्डरशटमा इङ्ल्याण्डको सी फुटबल टिमसँग मैत्रीपुर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ ।

नेपालको २८ सदस्यीय प्रारम्भिक टोली:

गोलकिपर्स: किरन चेम्जोङ, विशाल सुनार, अभिषेक बराल, सन्तोष महत

डिफेण्डर्स: अनन्त तामाङ, रोहित चन्द, सनिष श्रेष्ठ, अभिषेक लिम्बू, छिरिङ लामा, बिमल पाण्डे, विशाल बस्नेत, सौभाग्य राई, अजय चौधरी, योगेश गुरुङ

मिडफिल्डर्स: भरत खवास, लाकेन लिम्बू, मनि कुमार लामा, उत्सव राई, मनिष डाँगी, फत्तेमान घले, रोहन कार्की

फरवार्डस: अन्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, समीर तामाङ, सन्जिव बिष्ट, राजेश परियार

Post Comments