ANFA पाँचथर र रेड हर्स सेमिफाइनलमा
गोलनेपाल

कुम्मायक । पाँचथर फुटबल क्लब पाँचथर र रेड हर्स फुटबल क्लब इलाम, पाँचथरको कुम्मायक गाउँपालिकामा जारी कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकपको सेमिफाइनमा प्रवेश गरेका छन।

सोमवार पृथ्वी मा.वि.को खेलमैदानमा भएको दोस्रो दिनको पहिलो चरणको खेलमा कर्ण सिं सोनाम एफ.सि ताप्लेजुङलाई १–० अन्तरले हराउदै पाँचथर फुटबल क्लब पाँचथर सेमिफाइनमा प्रवेश गरेको छ। पाँचथरले पाएको फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै रोजिन माझिले २२ औं मिनेटमा गरेको गोल निणार्यक बनेपछि पाँचथर सेमिफाइनलमा प्रवेश गरेको हो। खेलमा पाँचथरका रोजित माझी म्यान अफ द म्याच चुनिए ।

त्यस्तै दोस्रो क्वाटरफाइलन खेलमा रेड हर्स फुटबल क्लव इलामले पूर्वाञ्चल ए.पि.एफ पकली, सुनसरीलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ।

खेलको १४औं मिनेटमा इलामका अर्जुन गुरुङले गरेको प्रहारलाई ए.पि.एफ. का गोलरक्षकले नियन्त्रण गुमाउँदा आत्मघाती भएको थियो । दोस्रो आफको ५९औं मिनेटमा इलामका अर्जुन गुरुङले गोल गरेका थिए। अतिरिक्त समयपछि थपिएको पाँच मिनेटमा ए.पि.एफ.ले पेनाल्टीको अवसर पाउँदै उज्जवल चाम्लीङ राईले सात्वना गोल फर्काएका थिए। खेलमा इलामका क्याप्टेन पुस्कर दाहाल म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताको बिजेताले टिमले नगद ३ लाख ५५ हजार ५ सय ५५ रुपैँया र उपबिजेता टिमले नगद १ लाख ७७ हजार ७ सय ७७ रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रत्येक खेलको म्यान अफ दी म्याचलाई ५ हजार, वेस्ट डिफेण्डर, वेस्ट किपर, सर्बोत्कृष्ट खेलाडी र सार्वाधिक गोलकर्तालाई जनही ८ हजारको दरले पुरस्कार प्रदान गर्ने र वेस्ट कोचलाई ५ हजार साथै प्रत्येक दिनको फ्यान अफ दी म्याचलाई समेत एक हजार रुपैँयाको दरले पुरस्कार प्रदान गर्ने अयोजक संस्थाका अध्यक्ष भिमनारेन लावतीले जनाए । बैशाख २३ गतेसम्म संचालन हुने प्रतियोगितामा आयोजक यलम्बर युवा क्लव सहित ८ तीमको सहभागी रहने छ।

Post Comments