काठमाडौं । शहिद स्मारक सी डिभिजन लिग अन्तर्गत बिहीबार सामाजिक युवा क्लबले उत्कृष्ट जित हात पार्दा शिर्षताको होडमा रहेको पुल्चोक स्पोर्टस क्लब बराबरीमा रोकिएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सामाजिकले रानीबन स्पोर्टस क्लबलाई शून्यका विरुद्ध ३ गोलले हरायो । सामाजिकको जितमा बसन्त राना र बिकास दर्जीले एक–एक गोल गर्दा थप एक गोल भने रानीबनका खेलाडीले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।
यो जितपछि ८ खेलबाट ११ अंक जोडेको सामाजिक लिगतालिकाको आठौं स्थानमा उक्लिएको छ । पराजित रानीबन भने ६ अंकका साथ १२औं स्थानमा छ ।
त्यस्तै बिहीबार नै भएको अर्को खेलमा पुल्चोकले समाज कल्याण खेलदुक केन्द्रसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य बन्यो । यो बराबरीका बावजुद ८ खेलबाट १६ अंक जोडेको पुल्चोक शिर्ष स्थानमा उक्लिएको छ । उता समाज कल्याण भने १३ अंकका साथ पाँचौं स्थानमा छ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान