ANFA सहज जितका साथ शिर्ष स्थानमा बागमती
गोलनेपाल

काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ राम्रो लयमा रहेको बागमती युवा क्लबले बुधबार सहज जित निकाल्दै लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले महाबीर क्लबमाथि शून्यका विरुद्ध ४ गोलको जित निकाल्यो । बागमतीका लागि राज भुषालले दुई गोल गरे भने दिपेश राई र सिर्जनराज गौतमले थप एक–एक गोल गरे ।

त्यस्तै खेलमा दुवै टोली पहिलो हाफ मै दश खेलाडीमा खुम्चिन पुगेका थिए । खेलका क्रममा विवादमा उत्रिएपछि रेफ्रीले बागमतीका अभिषेक लामा र महाबीरका सुरज थारुलाई सोझै रातो कार्ड देखाएका थिए ।

यो नतिजापछि ९ खेलबाट २० अंक जोडेको बागमती शिर्ष स्थानमा उक्लिएको छ । पराजित महाबीर भने ९ अंकका साथ ११औं स्थानमा छ ।

Post Comments