News
झापा महिला गोल्डकपलाई शिवसताक्षी नगरपालिका र वडाहरुको साथ
शिवसताक्षी । यसै वर्षको कार्तिक १५ गतेदेखी शिबसताक्षी नगरपालिकाको बिशेष सहयोगमा शिबसताक्षी नगरपालिका स्थित नव निर्मित दुधे रङगशालामा हुने झापा महिला गोल्डकपलाई स्थानीय निकायहरुले आर्थिक सहयोग गर्ने भएका छन् ।
महिला फुटबलमा झापाकै शानका रुपमा हेरिएको नेपालकै सर्बाधिक पुरस्कार राशीको अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपलाई शिबसताक्षी नगरपालिका र वडाहरुबाट करिब २५ लाख रकम उत्साहका साथ बिनियोजन गरिने भएको छ ।
त्यसबाहेक देशविदेशमा रहेका सहयोगीदाताहरुबाट पनि प्रतियोगिता भव्य रुपमा सफल पार्न साथ, सहयोग रहने आयोजकले अपेक्षा गरेको छ । प्रतियोगिता आयोजना हुन प्रर्याप्त समय भए तापनि आयोजकले त्यसका लागि अहिलेबाटै आवश्यक गृहकार्य र तयारी शुरु गरेको समेत जनाएको छ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा