ANFA महेन्द्र मावि र जनता माविको विजयी शुरुवात
गोलनेपाल

बराहक्षेत्र । प्रथम बराहक्षेत्र कप विद्यालयस्तरीय नकआउट फुटबल प्रतियोगितामा महेन्द्र मावि र जनता माविले विजयी शुरुवात गरेका छन् । उद्घाटन खेलमा महेन्द्र माविले चिल्ड्रेन हार्ट एकेडेमीलाई शून्यका विरुद्ध १ गोलले हरायो । खेलमा चिल्ड्रेन हर्टका रोनिकर कार्की प्लेयर अफ द म्याच चुनिए ।

सोही दिन भएको दोस्रो खेलमा आयोजक जनता माविले पिलफुल एकेडेमीलाई समान शून्यका विरुद्ध १ गोलको अन्तरले हरायो । खेलमा पराजित पिलफुलका दर्शन भट्टराई प्लेयर अफ द म्याच घोषित भए ।

जनता मावि, बराहक्षेत्र–३, नडाहा, सुनसरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ हजार हात पार्नेछ भने उपविजेताले ११ हजार प्राप्त गर्नेछ । कुल १० टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल असार १२ गतेका दिन हुनेछ ।

 

Post Comments