ANFA आयोजक विश्व शान्ति सेमिफाइनलमा
सुरज राना मगर

सालझण्डी । उत्कृष्ट जितका साथ आयोजक विश्व शान्ति भेट्रान्स ए रुपन्देहीमा जारी प्रथम विश्व शान्ति भेट्रान्स कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो क्वटरफाइनलतर्फ विश्व शान्तिले खस्यौली भेट्रान्सलाई ४–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । विश्व शान्तिको जितमा कृष्ण शर्माले दुई गोल गरे भने योजन लामिछाने र राजु चौधरीले थप एक–एक गोल गरे । पराजित खस्यौलीका लागि एक मात्र गोल अर्जुन गुरुङ्गले गरेका थिए ।

खेलमा दुई गोल गरेका विश्व शान्तिका कृष्ण शर्मा म्यान अफ दि म्याच समेत घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख १६ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल भडछा भेट्रान्स र दि लिजेण्ड भेट्रान्स बीच हुने कार्यक्रम संयोजक ओम छन्त्यालले जानकारी दिए ।

विश्व शान्ति युवा क्लब, सैनामैना–१०, सालझण्डीको आयोजना तथा सैनामैना नगरपालिका वार्ड नम्बर १० को कार्यालय संरक्षक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले २५,५०० प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २० गतेका दिन हुनेछ ।

 

 

Post Comments