
बाहुनडाँगी (झापा) । धाइजन एफसी यहाँ जारी विद्या विकास एकाडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ ।
स्थानीय सरस्वती माविको खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा ब्रदर्स युनाइटेड एफसी चन्द्रगढीलाई २-० गोलले पन्छाउँदै धाइजनले अन्तिम चारमा स्थान बनाएको हो ।
पहिलो हाफ दुवै टोलीले गोल गर्न नसक्दा बराबरीमै रोकिएको थियो । धाइजनका लागि दुवै गोल दोस्रो हाफमा सम्भव भएको हो । उसका लागि पहिलो गोल सागर रसाइलीले गरेका थिए भने आशिष चापागाईंले थप गोल गरेका हुन् । खेलको प्लेयर अफ दी म्याच धाइजनका पहिलो गोलकर्ता सागर रसाइली भए । उनले नगद २ हजार प्राप्त गरे ।
भोलि शनिश्चरे एफसी अर्जुनधाराले मोरङको जहदा एफसीसँग अन्तिम क्वाटरफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन् । विद्या विकास एकाडेमी मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र ट्रफी पाउने छ ।
बाहुनडाँगी युवा क्लबको आयोजनामा भएकाे प्रतियोगिताको उपविजेताले नगद ६१ हजार पाउने छ । प्रत्येक खेलको प्लेयर अफ दी म्याचले नगद २ हजार पाउँदा विधागततर्फ ५-५ हजार र सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार पाउने आयोजकले जनाएको छ ।