ANFA कैलाली जिल्ला फुटबल संघ र चर्च ब्वाईज बीच महत्वपूर्ण सहमति
बिक्रम बानियाँ क्षेत्री

काठमाडौं । अखिल नेपाल फूटबल संघका दुई सदस्य सस्था, कैलाली जिल्ला फूटबल संघ र चर्च बोइज युनाइटेड बिच नेपाली महिला फूटबल बिकासका क्षेत्रमा संगै काम गर्न एन्फा मुख्यालय सातदोबाटोमा,दुबै सस्था का अध्यक्ष अनिल मल्ल र टंक लाल राई बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

जसमा बिशेष गरी कैलालीमा रहेका महिला खेलाडीहरुको एक्सपोजरको रुपमा चर्च व्बाईजले काम गर्ने छ र युथ फुटबको बिकासमा पनि सघाउने छ ।

कैलाली जिल्ला फुटबल संघले लामो समय देखी महिला फुटबल र युथ फुटबल बिशेष गरि ग्रासरुटको अन्तर्गत रहेर खेलाडीहरुलाई प्रशिक्षण गराउदै आई्हेको छ ।

पहिलो चरणमा कैलाली जिल्लाको फुटबल बिकास को लागी १०० दिनको सम्झौता गरिएको छ र यो १०० दिन भित्र एउटा संचालक समिति गठन गरेर कैलाली जिल्लाको फुटबल बिकासको कार्यबिधि बनाएर र टेक्निकल टिम बनाएपछी थप नया सम्झौता समेत गरेर कैलाली जिल्लाको फुटबलको बिकासको लागी काम गरिने कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले जानकारी दिए ।

 

Post Comments