ANFA
पथरी शनिश्चरे भेट्रान्स र हाम्रो धरान भेट्रान्स सेमिफाइनलमा

विराटनगर । तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता २०८२ को सोमबारको पहिलो क्वार्टर फाइनल खेल मा पथरी शनिश्चरे भेट्रान्स पथरी मोरङ ले २-१ अन्तरले आयोजक मिल्स भेट्रान्स 'बी' विराटनगरलाई हराउँदै सेमिफाइनल मा प्रवेश गरेको छ।
पहिलो क्वाटर फाइनल खेलको म्यान अफ दि म्याच मिल्स भेट्रान्स आयोजक बी विराटनगर का सागर घिमिरे भएका छन्। त्यसैगरी दोस्रो क्वार्टर फाइनल खेलमा हाम्रो धरान भेट्रान्स फुटबल क्लब धरान ले ३–१ को अन्तर ले कन्काई भेट्रान्स फुटबल क्लब सुरुङ्ग झापालाई हराउँदै सेमिफाइनल मा पुग्न सफल भएको छ। दोस्रो क्वाटर फाइनल खेलको म्यान अफ दि म्याच हाम्रो धरान भेट्रान्स फुटबल क्लब धरान का पदम राई भएका छन् ।
मङ्गलबार को तेस्रो क्वाटर फाइनल खेल आयोजक मिल्स भेट्रान्स 'ए' विराटनगर भर्सेस रामधुनी भेट्रान्स झुम्का बीच हुनेछ र चौथो क्वाटर फाइनल खेल भरौल भेट्रान् भर्सेस बराहक्षेत्र विराट भेट्रान् सुन्दहरैचा बीच हुनेछ।
मिल्स भेट्रान्स क्लब, बिराटनगर, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल जेठ ३ गतेका दिन हुनेछ ।

Post Comments