Gorkhalis Abroad रेखाको टोली अबुधाबीलाई उपाधि
गोलनेपाल

काठमाडौं । युएईको शिर्ष महिला लिगमा अबुधाबी कन्ट्री क्लबका लागि खेलिरेहकी नेपालकी राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड रेखा पौडेलले युएईको शिर्ष महिला लिग उपाधि जितेकी छिन् ।

युएईमा रेखाको यो पहिलो उपाधि समेत हो । यद्यपि उनको क्लबल अबुधाबीले भने यस सिजन अपराजित रहँदै लगातार ११औं पटक लिग उपाधि जित्न सफल भएको हो ।

स्मरण रहोस, गत वर्ष अबुधबाी कन्ट्री क्लबमा आवद्ध भएकी रेखाले क्लबका लागि एएफसी महिला च्याम्पियन्स लिग पनि खेलिनर । साथै एएफसी महिला च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी समेत बनिन् ।

रेखा अब स्वदेश फर्किएर राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा सहभागि हुने बताइएको छ । हाल नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप छनौटको तयारीमा व्यस्त छ ।

Post Comments