Gorkhalis Abroad युएई नेपाली फुटबल संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा भण्डारी
गोलनेपाल

काठमाडौं । प्रवासी नेपालीका रुपमा युएईमा रहेर पनि नेपाली खेलाडी र फुटबलप्रति नै समर्पित नेपाली फुटबलको छाता संगठन युएई नेपाली फुटबल संघ (अन्फा) को तेस्रो महासभा सम्पन्न भएको छ ।

महासभाबाट संघको अध्यक्षमा दीपेन्द्र भण्डारी निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा रोबिन श्रेष्ठ र बिनोद भण्डारी रहेका छन् भने महासचिवमा सरोज उप्रेती रहेका छन् ।

त्यस्तै सचिवमा देव राई र दुर्गा ढकाल छन् भने कोषाध्यक्षमा नरेश रिमाल छन् । सह–कोषाध्यक्षमा दिपक थापा रहेका छन् । त्यसबाहेक सदस्यहरुमा मिलन तामाङ, प्रमोद कार्की र दिपेन्द्र बानियाँ रहेका छन् ।

अध्यक्ष पदमा निर्वाचित दिपेन्द्र भण्डारीले धन्यवाद ज्ञापन गर्दै प्रवासमा रहेर पनि सबैलाई मिलाएर अगाडी बढ्ने बताए । साथै यूएईमा नेपाली फुटबलको विकास, एकता र खेलकुद प्रवर्द्धनमा नयाँ उचाइ हासिल गर्न सक्दो प्रयास गर्ने नयाँ कार्यसमितिले प्रतिबद्धता समेत जनाए ।

 

Post Comments