Gorkhalis Abroad आशिष र सुमनले पाए नयाँ क्लब
गोलनेपाल

काठमाडौं । केही साता अघि मात्र अष्ट्रेलिया पुगेका नेपालका दुई अन्तर्राष्ट्रिय खेलाडीद्वय आशिष लामा र सुमन लामाले त्यहाँ नयाँ क्लब पाएका छन् ।

अष्ट्रेलिया मै स्थापित र सक्रिय यति एफसीका उपाध्यक्ष र पूर्व एन्फा रेफ्री समेत रहेका सज्जन शर्माले आशिष र सुमन मेलबर्न स्टेट वान लिगमा व्यस्त स्ट्राथमोर एफसीमा आवद्ध भएको जानकारी दिए ।

शर्माका अनुसार नयाँ क्लबमा दुवै खेलाडीहरुको प्रदर्शन सन्तोषजनक र राम्रो रहेको बताए ।

शनिबार मात्र सम्पन्न ह्वाईटलसी एससी विरुद्धको खेलमा स्ट्राथमोर ४–० को जित निकाल्दा आशिष लामाले ह्याट्रिक गरे । खेलमा सुमन लामाले दुई एसिस्ट मिलाइदिएका थिए ।

स्मरण रहोस, केही समय अघि अष्ट्रेलिया पुगेका गोलरक्षक एलन न्यौपाने पनि स्ट्राथमोर एफसी मै आवद्ध छन् । हाल अष्ट्रेलियामा नेपाली फुटबलमा राम्रै परिचय बनाएका केही चर्चित खेलाडीहरु पुगिसकेका छन् । जसमा जगजित श्रेष्ठ र सुलभ मास्के पनि छन् ।

 

Post Comments