Gorkhalis Abroad जापानमा एमआरआर फुटसल हुने
गोलनेपाल

काठमाडौं । मेन्स रुम रिलोडेड (एमआरआर) टोचिगी टिम, जापानको आयोजनामा आउँदो मार्च १२ तारीखका दिन एमआरआर टोचिगी फुटसल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता आयोजनाका लागि आवश्यक तयारी शुरु र टिमदर्ता पनि खुला गरिएको आयोजकले जनाएको छ । इच्छुक क्लबहरुलाई टिमदर्ताका लागि १५ हजार येन टिमदर्ता शुलक तोकिएको छ ।

जापानमा रहेका नेपालीहरुबीच भाईचारा कायम गर्ने उद्देश्यका साथ आयोजना हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट हुने खेलाडीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments