Gorkhalis Abroad फारानलाई जेएनएफसी कपको उपाधि
गोलनेपाल

काठमाडौं । छङउप नेपाली फुटबल क्लब, दक्षिण कोरियाको आयोजनामा सम्पन्न प्रथम जेएनएफसी कपको उपाधि फारान फुटबल क्लबले जितेको छ । उपाधि जित्ने क्रममा फारानले नाम्जी फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो ।

दक्षिण कोरियाको सिन्थेइन शहरमा भएको फाइनल भिडन्तमा फारानका लागि लुकाश गोले र मनिष लिम्बुले गोल गर्दै टोलीलाई विजेता बनाउन निर्णायक भूमिका खेले ।

विजेता बनेको फारान फुटबल क्लबले उपाधिसहित नगद ३५ लाख कोरियन वन हात पार्यो भने उपविजेता नाम्जीले २० लाख वन सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ फारानका भुवन जंग कार्की उत्कृष्ट गोलरक्षक चुनिए । नाम्जीका हरि थापा उत्कृष्ट डिफेन्डर बन्दा उत्कृष्ट मिडििफल्डर फारानका सुदेश जबेगु चुनिए । उत्कृष्ट फरवार्ड र प्रशिक्षक पनि फारान कै क्रमशः मनिष लिम्बु र मदन दुलाल घोषित भए ।

म्यङदोङ ब्वाईज क्लबका बिशाल शाही ठकुरीले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । रमेश गुरुङ प्रतियोगिताका सर्बोक्रिस्ट खेलाडी भए। केपिएस फुटबल क्लब फेयर प्ले टिम बन्यो । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १–१ लाख वन हात पारे ।

प्रतियोगितामा कुल २१ टोलीहरुले सहभागिता जनाएको आयोजक समितिका अध्यक्ष निरज सारु मगरले जानकारी दिए ।

 

Post Comments