News
प्रथम योङ ब्लड कप यु–१९ फुटबल प्रतियोगिता हुँदै
दमक । योङ ब्लड फुटबल क्लब, दमक–३, झापाको आयोजनामा यही असार २३ गतेदेखि प्रथम योङ ब्लड कप यु–१९ फुटबल प्रतियोगिता हुने भएको छ ।
दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा हुने प्रतियोगितामा सहभागिताका लागि यही असार १६ गतेसम्म टिमदर्ता समेत खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४५०० तोकिएको छ । साथै प्रतियोगितामा सहभागि हुँदा सम्बन्धित क्लबका खेलाडीहरुलाई आवश्यक प्रमाणसहित कागजात पेश गर्नुपर्नेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सेमिफाइनल र फाइनल खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
प्रतियोगिताबारे पत्र पनि हेर्नुहोस्ः

Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा