Gorkhalis Abroad दोस्रो हिमालयन मुगुक फुटसल कपको उपाधि फारान एफसीले उचाल्न सफल
गोलनेपाल

दोस्रो हिमालयन मुगुक फुटसल कपको उपाधि फारान एफसी ले हासिल गरेको छ।

हिमालयन फुटबल क्लब मुगुक को आयोजना मा उम्सङ सहर मा सम्पन्न भएको ” दोस्रो हिमालयन मुगुक फुटसल कप” को उपाधि फारान फुटबल क्लबले उचाल्न सफल भएको छ l

दक्षिण कोरियाको उम्सङ सहर स्थित रहेको फुटसल मैदानम़ा हिजो सम्पन्न फाइनल अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा फारान फुटबल क्लब ले आयोजक हिमालयन मुगुक फुटबल क्लब लाइ ४-२ ले पराजित गर्दै बिजय हासिल गरेको थियो l

फुटबल क्लब को लागि लुकाश गोले ३ र किरण जबेगुले १ गरेको गोल गरे। मुगुक को तर्फबाट मन्दिप मगर ले गोल २ गोल गरे।

आयोजक सहित ३२ टिमको सहभागिता रहेको उक्त फुटबल प्रतियोगिताम़ा बिजेता फारान फुटबल क्लबले नगद ३० लाख वन ट्रफि,मेडल सहित प्रमाण पत्र प्राप्त गर्यो भने उप बिजता बनेको हिमालयन फुटबल क्लबले नगद 20 लाख वन सहित ट्रफि ,मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो l

उक्त प्रतियोगिताको उत्कृष्ट गोलकिपर भुवन जङ्ग कार्की (फारान फुटबल क्लब),बेस्ट प्लेयर लुकाश गोले (फारान फुटबल क्लब) सर्वाधिक गोलकर्ता प्रताप लिम्बु (हिमालयन मुगुक फुटबल क्लब) ले हासिल गर्न सफल रहनु भएको थियो l त्यस्तै उत्कृष्ट खेलाडीहरुलाई ट्रफि ,मेडल सहित जनही 1 लाख वननले पुरस्कृत गरिएको आयोजक कमिटीका अध्यक्ष सरोज अधिकारि ले जानकारि दिनुभएको छ।

उक्त खेलको प्रत्यक्ष प्रसारण गोल नेपाल डट कम ले गरेको थियो। प्रतियोगितामा ३२ टिम सहभागि भई सन्चालन भएको कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको कार्यक्रम संयोजक भेनस क्षेत्री ले जानकारी गराउनुभयो।

Post Comments