ANFA चौथो ताप्लेजुङ गोल्ड कपका लागि तयारी तीव्र, आयोजक टिम छनोट उपसमिति गठन
गोलनेपाल

ताप्लेजुङ । लाखेजात्रा सञ्चालन समिति, ताप्लेजुङले आगामी चौथो ताप्लेजुङ गोल्ड कपलाई लक्षित गर्दै विभिन्न महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। समितिको हालै बसेको बैठकले आयोजक टिम छनोट तथा रेफ्री व्यवस्थापन सम्बन्धी कार्यलाई व्यवस्थित बनाउन उपसमिति गठन गरेको हो।

गठित आयोजक टिम छनोट उपसमितिको संयोजकमा देव कुमार मादेन (डी.के. मादेन) रहेका छन् भने सदस्यहरूमा दिपेश आङ्बुहाङ, रमेश चाङ्बाङ र सन्तोष गुरुङ रहेका छन्।

समितिले आयोजक टिम छनोटका लागि इच्छुक खेलाडीहरूलाई साउन १७ गते बेलुकी ५:०० बजेसम्म लाखेजात्रा सञ्चालन समितिको कार्यालय, ताप्लेजुङमा सम्पर्क गर्न आग्रह गरेको छ। खेलाडी छनोट प्रक्रिया साउन १८ र १९ गते सञ्चालन हुनेछ भने छनोटमा परेका खेलाडीहरूको बन्द प्रशिक्षण साउन २१ गतेदेखि सुरु हुने जनाइएको छ।

यसपटकको प्रतियोगितामा फिफा, राष्ट्रिय तथा एन्फा रेफ्रीहरूको अनुभवी र निष्पक्ष टोलीले खेल सञ्चालन गर्ने व्यवस्था गरिएको समितिले जनाएको छ।

Post Comments