मेन्दोफोलेलाई छैठौं कुपा कपको उपाधि
निलकन्ठ । कुपा युवा समाज, निलकन्ठ–१४, कुपा, धादिङको आयोजनामा सम्पन्न छैठौं कुपा कप फुटबल प्रतियोगिताको उपाधि मेन्दोफोले युवा क्लबले जितेको छ ।
कुपा खेलमैदानमा सम्पन्न फाइनलमा मेन्दोफोलेले राटमाटे फुटबल क्लबलाई २–१ ले पराजित गर्दै उपाधिमाथि आफ्नो कब्जा जमाउन सफल भएको हो ।
विजेता बनेको मेन्दोफोलेले उपाधिसहित नगद १,०३,३३३ रुपैयाँ हात पार्दा उपविजेता बनेको राटमाटेले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडलमा चित्त बुझायो ।
Post Comments