News कतारः उपाधिका लागि न्यु स्टार र पेट्रो भिड्ने
गोलनेपाल

काठमाडौं । कतारमा जारी नाईन स्टार आठौं दशैं कप फुटबल प्रतियोगिताको फाइनलमा न्यु स्टार फुटबल क्लब र पेट्रो फुटबल क्लब भिड्ने भएका छन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनलतर्फ न्यु स्टारले युनिपार्ट फुटबल क्लबमाथि १–० को जित निकाल्दै फाइनल स्थान सुरक्षित गर्यो । त्यस्तै दोस्रो सेमिफाइनलमा पेट्रोले सिएफसीमाथि ३–१ को जित निकाल्दै फाइनल यात्रा तय गर्यो ।

प्रतियोगिता अन्तर्गत अब यही अक्टोबर ३० तारीखका दिन हुने फाइनलमा न्यु स्टार फुटबल क्लब र पेट्रो फुटबल क्लब उपाधिका लागि भिड्ने आयोजकले जानकारी दियो ।

नाईन स्टार फुटबल क्लब, दोहा, कतारको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३३३३ कतारी रियाल हात पार्नेछ भने उपविजेताले १८१८ कतारी रियाल प्राप्त गर्नेछ ।

Post Comments