ANFA कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

कुम्मायक । ‘पुर्वको शान, कुम्मायकको पहिचान’ भन्ने नाराका साथ यही बैशाख १६ गतेदेखि शुरु हुन गईरहेको कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

कुम्मायक–१, यासोक, पाँचथर स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा बैशाख १६ गतेका दिन आयोजक यलम्बर युवा संस्था र धरान फुटबल क्लब भिड्ने छन् ।

यलम्बर युवा संस्था, कुम्मायक, पाँचथरको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,७७,७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

कुम्मायक गाउँपालिकाको कार्यालय, यासोक, पाँचथर प्रवद्र्धक रहेको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल भने बैशाख २२ गतेका दिन हुनेछ ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

 

Post Comments